काठमाडौं । कतार विश्वकपको फाइनल समीकरण पूरा भईसकेको छ ।
कतार विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकपको उपाधि भिडन्त पक्का हुँदा सर्वाधिक गोलकर्ताले पाउने 'गोल्डेन बुट' अवार्डका लागि भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
अहिलेसम्म गोल्डेन बुटका दाबेदारमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे रहेका छन्।
दुबैले समान ५ गोल गरिसकेका छन् ।
यस्तै अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा छन् ।
अल्भारेज र जेरुडले समान ४ गोल गरेका छन् ।
कतार विश्वकपमा गोल्डेन बुटका दाबेदार -
१. केलियन एमबाप्पे - ५ गोल
२. लियोनल मेस्सी - ५ गोल
३. ओलिभर जेरुड - ४ गोल
४. जुलियन अल्भारेज - ४ गोल
५. कोडी गाक्पो, मार्कुस राषफोर्ड, अल्भारो मोराटा, इनर भ्यालेन्सिया, बुकायो साक, रिचार्लिसन, गोन्कालो रामोस - ३ गोल