काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।
साविक विजेता फ्रान्स र मोरक्को आज जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।
अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।