नेपालको दोस्रो जित
आइतबार, २५ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले दोस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार बंगलादेशलाई हराएर नेपालले दोस्रो जित निकालेको हो ।
प्लेट च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले बंगलादेशलाई ७१-० ले हराएको हो ।
नेपालले यस अघि शनिबार भारतलाई १२–१० ले हराएको थियो ।
नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो ।
तर, नेपालले प्लेट च्याम्पियनसिपमा खेलिरहेको छ ।
नेपालको दोस्रो जित






-1785664789305.jpeg&w=3840&q=75)
-1785079914931.jpeg&w=3840&q=75)

-1785859737141.jpeg&w=3840&q=75)
-1785838174487.png&w=3840&q=75)




