काठमाडौं । एसियाली किक बक्सिङ च्याम्पियसिपमा सहभागी हुन दिवान्स श्रेष्ठ र सन्जित शाही शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
डिसेम्बर १० देखि १८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा दिवान्स श्रेष्ठ तथा ७४ केजीमा सन्जित शाहीले प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।