काठमाडौं । जुडो युनियन अफ एसिया (जेयुए) को आयोजना भएको जेयुए काता सेमिनार तथा परीक्षामा नेपालका मोहन सुनुवार उत्तीर्ण भएका छन् ।
सुनुवार नागे नो काता र कातामे नो काता परीक्षामा उत्तीर्ण हुने नेपालकै पहिलो काता रेफ्री भएको नेपाल जुडो संघले जनाएको छ ।
सेमिनार नोभेम्बर २७ देखि २९ तारिखसम्म हङकङमा भएको थियो ।