काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा सहभागी हुने राष्ट्रका कप्तानले प्रतियोगिताका लागि आफूहरु तयार रहेको बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताउदै उत्कृष्ट नतिजा ल्याउनका लागि मैदानमा उत्रने बताएका छन् ।
प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ ।
पुरुषमा ८ तथा महिलामा ५ टिम सहभागी छन् । प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ पनि बिहीबार नेपाल आइसकेका छन् ।