काठमाडौं। नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जित कुण्डो सेमिनार बुधबारदेखि हुने भएको छ।
सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् ।
सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गर्ने छन् । दुईदिने सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
सेमिनार शुक्रबार हुने तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितालाई लक्षित गरी सञ्चालन गर्न लागिएको जितकुण्डोका प्रमुख प्रशिक्षक एवं आयोजक संघका महासचिव शिवबहादुर थापाले जानकारी गराए । प्रतियोगिता र सेमिनारलाई टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको छ ।