काठमाडौं । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले झापाको दमकमा नयाँ आउटलेट संचालनमा ल्याएको छ ।
स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले पूर्वी बजारलाई मध्यनजर गर्दै दमकमा नयाँ आउटलेट खोलेको हो।
दमक चोकको गोर्खा डिपार्टमेन्ट स्टोरको नजिक रहेको नयाँ आउटलेट ३ हजार २ सय ८० स्क्वार फिट क्षेत्रफलमा फैलिएको छ ।
नेपाली उत्पादन केटीएम सिटीले देशभर विभिन्न आउटलेट मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
केटीएम सिटीले काठमाडौंसहित धरान, बुटवल, नेपालगंज, पोखरा र धनगढीमा आउटलेट सञ्चालन गरेर शुलभ मुल्यमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय लुगा उपलब्ध गराउँदै आएको छ ।
यस्तै केटीएम सिटीले भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको छ ।
केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर हो ।
पछिल्लो समय खेलकुदमा आक्रमक रुपमा सेवा विस्तार गरिरहेको केटीएम सिटीले भलिबल, ब्याडमिन्टन, मार्सलआर्ट, टेबल टेनिस लगायत सम्पुर्ण खेलको पोशाक उत्पादन र वितरण गर्दै आएको छ ।