काठमाडौं । टोकियो ग्रान्ड स्लाम जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले फिलिपिन्सकी डेल्गाडोलाई पराजित गरेकी छन् ।
शनिबार भएको प्रतियोगिताको महिला ५७ केजीमुनि पहिलो चरणमा मनीताले जित हात पारेकी हुन् । दोश्रो चरणमा मनीता पोल्यान्डकी खेलाडीसंग चुकिन् ।
प्रतियोगितामा ५९ राष्ट्रको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
मनीता हाल पेरिस ओलम्पिक र १९ औं एसियाली खेलकुदको तयारीका लागि टोकियामा रहेको अध्यक्ष वज्राचार्यले जानकारी गराए ।
मनीताले पेरिस ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट छात्रवृत्ति पाएकी छन् ।