काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो ।
क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे ।
मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे । क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए ।
खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो ।
दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए ।
तर, ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए ।
४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए ।
खेलको ७० औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३- १ को अग्रता दिलाए ।
त्यस्पपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए ।
जितसँगै समूह 'एफ' को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ ।
क्रोएसिया शीर्ष स्थानमा रहेको छ ।
क्यानडाको यो लगातार दोस्रो हार हो ।
क्यानडा पुछारमा रहेको छ ।
क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ।