काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्को बेल्जियमले पहिलो हाफ गोलरहित बराबरीमा सकाएका छन्
पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । मोरक्को भने पहिलो जित हात पार्न चाहान्छ ।
पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।
इतिहास हेर्दा मोरक्कोविरुद्ध बेल्जियम बलियो छ । हालसम्म दुई टोलीबीच ३ खेलमा प्रतिस्पर्धा भएको छ ।
२ खेल बेल्जियमले तथा १ खेल मोरक्कोले जितेको छ । यस खेल दुई टोलीबीचको चौथो भेट हो ।