काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आईतबार चार खेल हुदैछ ।
आजको चौंथो खेलमा समूह 'ई' का जर्मनीले स्पेनको सामना गर्नेछ ।
जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।
नकआउट चरणमा पुग्नका लागि दुवै टोलीलाई यो खेल महत्वपुर्ण रहेको छ । जर्मनी आजको खेल जितेर नकआउट चरणको सम्भावना जीवितै राख्न चाहान्छ ।
स्पेन आफ्नो जितको लयलाई निरन्तरता दिदै नकआउट चरण प्रवेश निश्चित गर्न चाहान्छ । समूह 'ई' मा अंक विहीन जर्मनी तेस्रो स्थानमा रहेको छ ।
स्पेन भने ३ अंकका साथ र्शीष स्थानमा रहेको छ ।
हेड टु हेड -
जर्मनी र स्पेनले अहिलेसम्म २५ खेल भएको छ । जसमा जर्मनीले ९ खेल जित्दा स्पेनले ८ खेल जितेको छ ।
दुई टोलीबीच ८ खेल बराबरीमा सकिएको छ ।
फिफा विश्वकपको ईतिहासमा भने स्पेन र जर्मनी ४ पटक आमनेसामने भएकामा जर्मनीले २ खेल जितेकोमा स्पेनले १ खेल जितेको छ ।
१ खेल भने बराबरीमा सकिएको छ ।