काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियन ओपन खेल्ने बाटो खुलेको छ ।
अष्ट्रेलिया सरकारले भिसा प्रतिबन्ध खारेज गरेपछि जोकोभिचलाई प्रतियोगिता खेल्न बाटो खुलेको हो ।
गत वर्ष कोभिड-१९ को खोप नलगाएको कारण जोकोभिचले अष्ट्रेलियन ओपन खेल्नबाट बन्चित भएका थिए ।
अष्ट्रेलिया पुगेपनि खोप नलगाएको कारण उनलाई फिर्ता पठाईएको थियो । यस्तै उनलाई अष्ट्रेलिया प्रवेशमा ३ वर्ष प्रतिबन्ध गरिएको थियो ।
सरकारले खोप नलगाएका व्यक्तिलाई देश प्रवेशमा प्रतिबन्ध गरेको थियो । तर, अष्ट्रेलिया सरकारले उक्त प्रतिबन्ध खारेज गरेको छ ।