शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदीप र अभिलाषा च्याम्पियन

शनिबार, २६ कार्तिक २०७९खेलपाटी संवाददाता
प्रदीप र अभिलाषा च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन्।

नेपालका नम्बर एक खेलाडी प्रदीपले फाइनलमा ऋतिक रानालाई ६-४ र ६-४ ले पराजित गर्दै उपाधि हात पारे । प्रदीप नवौं राष्ट्रिय खेलकुदका पुरुष एकलको स्वर्णधारी समेत हुन्।

पुरुष एकलमा निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहे।

महिलातर्फ अभिलाषाले फाइनलमा सुनीरा थापालाई ६-२ र ७-६ ले पराजित गरिन्। महिलातर्फ आयिशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहिन्।

पुरुष डबल्सको उपाधि ऋतिक राना र निशान श्रेष्ठको जोडीले जिते। प्रदीप खड्का र प्रणव खनालको जोडी दोस्रो र सक्क्षम बिक्रम शाह र राजबिर प्रधान तथा केशव प्रसाद गौचन र शौरभ नाथ पन्तको जोडी तेस्रो भए।

पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते। जितेन्द्र परियार दोस्रो तथा सन्तोष खत्री र सिमान्त गुरुङ तेस्रो भए।

पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे। विमल कुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोज बिक्रम शाह संयुक्त तेस्रो भए।

पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे। उत्तम कुमार लामा दोस्रो तथा जीवन घिमिरे र निराजन श्रेष्ठ संयुक्त तेस्रो भए।

पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे। ज्ञानेन्द्र मान ताम्राकार दोस्रो तथा हर्क बहादुर गुरुङ तेस्रो भए। 

३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन्। सन्तोष खत्री र सिमान्त गुरुङको जोडी दोस्रो हुँदा राजु क्षेत्री र ईश्वर जिसी तथा नरेश बहादुर र विनय मान तुलाधरको जोडी तेस्रो भए।

पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पारे। सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी दोस्रो तथा कृष्ण घले र महेश श्रेष्ठको जोडी र शिव सेढाई र हिमाल शाहको जोडी तेस्रो भए।

५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र शुवर्ण धाख्वाको जोडीले हात पारे। निरन्जन श्रेष्ठ र राम रानाको जोडी दोस्रो, जीवन घिमिरे र सुदर्शन विष्टको जोडी तथा हिमाल शाह र जोली तारगानको जोडी तेस्रो भए।

प्रतियोगिता अन्तर्गत नै यू-८ गर्ल्सको उपाधि सारा पन्तले हात पारेकी छिन्। थिया श्रेष्ठ दोस्रो र निम्ति कुवर र प्रकृति ज्ञवाली तेस्रो स्थानमा रहे।

यू-८ ब्वाइजको उपाधि आर्यश राज पौडेलले जिते। सभ्य जंग कार्की दोस्रो र आरित मल्ल तथा मेदान्त चालिसे तेस्रो भए।

यू-९ ब्वाइजमा पनि आर्याशले उपाधि जिते।  सुजन कुइकेल दोस्रो तथा आरित मल्ल र विश्व विशेष डल्लाकोटी तेस्रो भए।

यू-९ गर्ल्सको उपाधि अनुश्री धोजुले जितिन्। जेनिशा ज्ञवाली दोस्रो तथा सर्भाना गुरुङ र सारा पन्त तेस्रो भए।

यू-१० को ब्वाइजतर्फ सुजन कुइकेलले उपाधि जित्दा युभेन मान श्रेष्ठ दोस्रो तथा विश्व विश्वास डल्लाकोटी र साम्खा हाङ राई तेस्रो भए।  

यू-१० गर्ल्समा साल्भी शेरचनले उपाधि जित्दा मेरिशा थापा दोस्रो तथा अनुश्री धोजु र जेनिशा ज्ञवाली तेस्रो भए।

यू-१२ गर्ल्सको उपाधि शिभाली गुरुङले हात पारिन् भने स्वस्तिका विष्ट दोस्रो तथा मेरिशा थापा र प्रजना मानन्धर तेस्रो स्थानमा रहिन्।

यू-१२ ब्वाइजको उपाधि बृजेश अर्यालले जित्दा असभ हाडा दोस्रो तथा स्पन्दन उदास र आदील नेपाल तेस्रो भए।

यू-१४ गर्ल्सको उपाधि सुनीरा थापाले जित्दा शिभाली गुरुङ दोस्रो तथा नाला मास्के र स्वस्तिका विष्ट तेस्रो भईन्।

यू-१४ ब्वाइजको उपाधि आयुषमान हजुर घलेले जित्दा बोरिस अधिकारी दोस्रो तथा दर्शिल श्रेष्ठ र निषाद जोशी तेस्रो भए।

प्रतियोगितामा महिला र पुरुष एकल विजेताले ट्रफी मेडलसहित ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार नगद पुरस्कार प्राप्त गरे।

पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार प्राप्त गरे।

पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार प्राप्त गर्दा  पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाएका छन्।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्दा ४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार प्राप्त गरे।

५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार , ५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार  तथा ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार प्राप्त गरे।

जुनियरतर्फको विजेता, उपविजेता र तेस्रोले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा  भएको थियो।

विजेता खेलाडीलाई  प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेतृ सिर्जना सिंह, नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा, गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधर, कमिटिका सल्लाहकार राजिब श्रेष्ठ, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य लगायतले पुरस्कृत गरे।

Loading ad...
LiNing Ad
प्रदीप र अभिलाषा च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
xTreme Energy Drink
मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !