काठमाडौं । प्रदीप खड्का र ऋतिक रानाले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा स्थान बनाएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६-१ र ६-२ ले हराएर उपाधि नजिक पुगेका हुन् ।
प्रदीपले फाइनलमा ऋतिक रानासँग प्रतिस्पर्धा गर्नेछन् । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २-६,६-४ र ६-३ ले पराजित गरे ।
महिला एकलतर्फको फाइनलमा सुनीरा थापा र अभिलाषा विष्टबीच प्रतिस्पर्धा हुनेछ ।
अभिलाषाले सेमिफाइनलमा इशा डोल्कर गुरुङलाई ६-३ र ६-३ ले हराईन् । सुनीराले शर्भानी श्रेष्ठलाई ६-४ र ६-३ ले पराजित गरिन् ।
पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते । फाइनलमा कमलले जितेन्द्र परियारलाई ६-२,०-६ र १०-७ ले पराजित गरे ।
पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे । फाइनलमा महेशले विमल कुमार गुरुङलाई ६-४ र ६-१ ले पराजित गरे ।
पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे । विमलले फाइनलमा उत्तम कुमार लामालाई ६-३ र ६-४ ले पराजित गरे ।
पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे । उनले फाइनलमा ज्ञानेन्द्र मान ताम्राकारलाई ४-२,३-५ र ७-५ ले पराजित गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।