सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालगन्ज म्याराथनलाई प्याब्सनको साथ

बुधबार, २३ कार्तिक २०७९खेलपाटी संवाददाता
नेपालगन्ज म्याराथनलाई प्याब्सनको साथ
Loading ad...
mustang rice ad

नेपालगन्ज । बाँके जिल्लामा सञ्चालित नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन)सँग आवद्ध विद्यालयहरुले आठौं धारा नेपालगन्ज म्याराथनलाई भव्य बनाउन सबैले सहयोग गर्ने बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्याब्सनको नेतृत्व पंक्तिले प्रतिबद्धता जनाएको हो ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बाँकेका तीनवटै निर्वाचन क्षेत्रलाई जोड्ने कार्य गरेको हुँदा नेपालगन्ज म्याराथन सिंगो बाँके जिल्लाकै सम्पत्ति रहेको बताए ।

‘शिक्षा र खेलकुद एकआपसमा घनिष्ठ सम्बन्ध रहेको विधा हो ।’ अध्यक्ष रावतले भने,‘तसर्थ जिल्लामा हुने ठुला खेल इभेन्टमा आफ्ना बालबालिकालाई सक्रिय सहभागी गराउनु हामी सबैको कर्तव्य हो । तसर्थ नेपालगन्ज म्याराथनमा धेरै भन्दा धेरै बालबालिकालाई भाग लिने वातावरण बनाउन सबै विद्यालयलाई आग्रह गर्दछु ।’

कार्यक्रममा प्याब्सन नेपालगन्ज उपमहागरपालिका समितिका अध्यक्ष विकास बज्राचार्यले नेपालगन्ज म्याराथन सबैको गौरवको बिषय भएको बताउँदै यसलाई सफल पार्न पालिका अन्तर्गतका विद्यालयले कुनै कसर बाँकी नराख्ने बताए । ‘आयोजकले भन्नुहोला, हामी हरेक पक्षमा सघाउन तयार छौं ।’ अध्यक्ष बज्राचार्यले भने, ‘सबै मिलेर नै सफल पारौं ।’

प्याब्सनका सल्लाहकार डा. राजेशकेसर खनालले निकै दुख गरेर हुर्काएको नेपालगन्ज म्याराथनलाई थप उचाइमा पुराउन सम्पुर्णको जिम्मेवारी भइसकेको चर्चा गरे ।

प्याब्सन बाँकेका अर्का सल्लाहकार केसरबहादुर आलेले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा पुगिसकेको अवस्थामा अब सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताए ।

 

‘संसारमा म्याराथन ठाउँको परिचयका रुपमा स्थापित हुन्छ ।’ आलेले भने,‘नेपालगन्ज म्याराथन हामी सबैको परिचयसँग जोडिइसकेको छ ।’

कार्यक्रममा इकाई प्रमुख पौडेल, प्याब्सनका केन्द्रिय सदस्य सुनिल गुप्ता, लुम्बिनी प्रदेशका उपाध्यक्ष ऋषिकेश जिसी, उपाध्यक्ष शरद रावलले विद्यार्थीहरुको सर्वागीण विकासका लागि अतिरिक्त क्रियाकलापहरुमा उत्तिकै जोड दिनुपर्ने धारणा राखेका थिए ।

आयोजकले नेपालगन्ज म्याराथनले गरेको प्रगति र यसको महत्वका बारेमा विचार राखेका थिए । आयोजकको तर्फबाट रजिस्ट्रेसन हेड कपिल थापाले इकाई प्रमुख पौडेललाई टिसर्ट हस्तान्तरण गरेका थिए ।

आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिवार हुनेछ । हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

यस वर्ष बिभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ ।  

Loading ad...
LiNing Ad
नेपालगन्ज म्याराथनलाई प्याब्सनको साथ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन