काठमाडौं । ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७-६ र ४-६(१०-५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बनेको हो ।
३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन् ।
फाइनलमा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीलाई ६-१ र ६-३ ले हराएर कमल र यज्ञको जोडीले उपाधि हात पारेको हो ।
यू-८ गर्ल्सको उपाधि सारा पन्तले हात पारेकी छिन् । फाइनलमा साराले थिया श्रेष्ठलाई १०-२ र १०-५ ले पराजित गरिन्।
यू-१० को ब्वाइजतर्फ सुजन कुइकेल र गर्ल्समा साल्भी शेरचनले उपाधि हात पारे ।
सुजनले फाइनलमा युभेन मान श्रेष्ठलाई ६-१ र ६-० ले तथा साल्भीले मेरिशा थापालाई ६-० र ६-१ ले पराजित गरिन् ।
यू-१२ गर्ल्सको उपाधि शिभाली गुरुङले जितेकी छिन् । शिभालीले फाइनलमा स्वस्तिका विष्टलाई ३-६,६-३ र ६-४ ले हराइन ।
प्रतियोगिता अन्तर्गत नै यू-८ ब्वाइजमा आर्यश राज पौडेल र सभ्य जङ कार्कीले फाइनलमा स्थान पक्का गरेका छन् ।
यू-९ ब्वाइजमा सुजन कुइकेल र आर्यश राज पौडेलले फाइनलको यात्रा तय गरेका छन् ।
यू-९ गर्ल्सको उपाधि भिडन्तमा जेनिशा ज्ञवाली र अनुश्री धोजु भिड्ने छन् ।
यू-१२ ब्वाइजको फाइनलमा असभ सम्राट हाडा र बृजेश अग्रवालले स्थान पक्का गरेका छन् ।
यू-१४ को ब्वाइजको फाइनलमा आयुष्मान हजुर घले र बोरिस अधिकारीले प्रतिस्पर्धा गर्ने छन् ।
यू-१४ गर्ल्सको उपाधि भिडन्तमा सुनीरा थापा र शिभाली गुरुङले खेल्ने छन् ।
पुरुष डबल्सको ४५ वर्षमाथि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले फाइनलमा स्थान बनाएका छन् ।
यसै स्पर्धामा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनलमा स्थान पक्का गरेका छन् ।
पुरुष ५५ वर्षमाथि डबल्सको फाइनलमा कृष्ण घले र सुवर्ण धाखवाको जोडी र निरन्जन श्रेष्ठ र राम रानाको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।