शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदीप र प्रणवको जोडी फाइनलमा

आइतबार, २० कार्तिक २०७९खेलपाटी संवाददाता
प्रदीप र प्रणवको जोडी फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।

प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्ने छन् ।

ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६-१ र ६-१ ले पाखा लगाएको थियो ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ६-२ र ६-२ ले हराएर फाइनलमा स्थान बनाएका छन् ।

यसै स्पर्धामा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले फाइनलको यात्रा तय गरेका छन् । निरेश श्रेष्ठ र बिजय मान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि सन्तोष र सिमान्तको जोडी फाइनल पुगेका हुन् ।

यू-८ गर्ल्समा सारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरेकी छिन् । साराले सेमिफाइनलमा निम्ति कुवर र थियाले प्रकृति ज्ञवालीलाई हराईन् ।

यू-१० ब्वाइजमा सुजन कुइकेल र युभेन मन श्रेष्ठले फाइनलमा स्थान बनाएका छन् । यू-१० गर्ल्समा मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा भेट पक्का गरेकी छन् ।

यू-१२ गर्ल्समा स्वस्तिका विष्ट र सिभाली गुरुङले फाइनलमा स्थान बनाए ।

यू-८ ब्वाइजमा आर्यश राज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्य जंग कार्कीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यू-९ ब्वाइजमा अरित मल्ल, सुजन कुइकेल, अर्याश राज पौडेल र विश्व विशेष डल्लाकोटीले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।

यू-९ गर्ल्समा सर्भाना गुरुङ, जेनिसा ज्ञवाली, सारा पन्त र अनुश्री धोजुले अन्तिम चारमा स्थान बनाएका छन् ।

यू-१२ ब्वाइजमा असभ सम्राट हाडा, स्पन्दन उदास, अद्रित नेपाल र बृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यू-१४ ब्वाइजमा निशद जोशी, आयुष्मान घले, दर्शिल श्रेष्ठ र बोरिस अधिकारीले अन्तिम चारको यात्रा तय गरेका छन् ।

यू-१४ गर्ल्समा सुनीरा थापा, नाला मास्के, सिभाली गुरुङ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाएका छन् ।

४५ वर्ष माथिको पुरुष डबल्समा कृष्ण घले र महेश श्रेष्ठको जोडी, शिव सेढाई र हिमाल शाहको जोडी, सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी तथा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडी, हिमाल शाह र जोली तार्गेनको जोडी तथा निरन्जन कुमार श्रेष्ठ र राम रानाको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।  प्रतियोगिता महिला/पुरुष एकल विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ ।

महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउने छन् ।

पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाउने छन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने छन् ।

४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।

५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।

५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार पाउने छन् ।

६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने छन् ।

Loading ad...
LiNing Ad
प्रदीप र प्रणवको जोडी फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
xTreme Energy Drink
मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !