काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरे ।
यस्तै विशेष अतिथि तथा नेपाली कांग्रेसका नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधर, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य, राजिब श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ ।
महिला पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ ।
महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।
पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउने छन् ।
पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाउने छन् ।
पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने छन् ।
४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।
५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।
५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार पाउने छन् ।
६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने छन् ।