पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोलि एपीएफ क्लबले जितेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै ६-५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।
निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल चुकेपछि एपीएफ च्याम्पियन बनेको हो ।
आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र विकास खवासले गोल गरे ।
पेनाल्टीमा एपीएफका नबिन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणि कुमार लामाले गोल गरे । सनिस श्रेष्ठ भने पेनाल्टीमा चुके ।
पेनाल्टी अघि दोस्रो हाफमा दुवै टोलि १० खेलाडीमा समेटिएको थियो ।
एपीएफका प्रदिप लामा र आर्मीका पदम तामाङले रातो कार्ड पाएका थिए ।