पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छन् ।
उनले टिम इभेन्टमा २ र सिंगलमा ३ स्वर्ण जितेकी हुन् । ४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो ।
४ सय मिटर हडल्स, १ सय मिटर हडल्स र लङजम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।