पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ४ गुणा ४०० रिलेमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
तर, स्वर्ण जितेपनि एपीएफ अयोग्य हुँदा आर्मीले स्वर्ण पदक पाएको हो ।
एपीएफका खेलाडीले ५०० मिटर भन्दा अगाडी नै लेन परिवर्तन गरेपछि एपीएफ अयोग्य भएको हो ।
सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
यस स्पर्धामा निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मलित लुम्बिनीले ४ मिनेट१४.८० सेकेन्डको समय निकाल्दै र्जित जितेको छ ।
अन्जु खड्का, राजीना दुलाल, स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ ।