पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ गुणा ४०० रिलेमा त्रिभुवन आर्मी क्लबले महिला र पुरुष दुबैमा स्वर्ण पदक जितेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो ।
निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपाली सम्मलित एपीएफले ३ मिनेट २५.८२ सेकेन्डको समय निकाल्दै रजत जितेका छन् ।
अमृत बोट, सहन चन्द्र शाह, टेकबहादुर कार्की र अरुण महतो थारु सम्मलित पुलिसले ३ मिनेट २९.३५ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेको छ ।
महिलामा स्वर्ण जितेपनि एपीएफ अयोग्य हुँदा आर्मीले स्वर्ण पदक पाएको छ ।
एपीएफका खेलाडीले ५०० मिटर भन्दा अगाडी नै लेन परिवर्तन गरेपछि एपीएफ अयोग्य भएको हो ।
सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मलित लुम्बिनीले ४ मिनेट१४.८० सेकेन्डको समय निकाल्दै रजत जितेको छ ।
अन्जु खड्का, राजीना दुलाल, स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ ।