पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ ।
बुधबार भएको फाइनलमा त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ४५–३० को अन्तरमा पराजित गरेको थियो । बागमतीले रजत पदक हात पारेको छ ।
आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडिन । सेमिफाइनल खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय थियो।
यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ण पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ ।