पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
चन्द्रकलाले आर्मी क्लबकी लक्ष्मी थारुले १३ औं सागमा बनाएको ४५.२७ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।
यस स्पर्धामा लक्ष्मीले ४५.४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन् ।
कास्य जितेकी एपीएफकी सिमा चौधरीले ४५.२० मिटर थ्रो गरिन् ।
पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् ।
रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।
एपीएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत जिते ।
एपीएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कास्य हात पारे ।