पोखरा । आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङो लागेको छ । मंगलबार
साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।
प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र २ कास्यसहित विभागीय टिम आर्मी सबैभन्दा अगाडि छ ।
प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले ५ स्वर्ण, ५ रजत र १ काँस्य पदक जितेको छ । ५ स्वर्ण, २ रजत र २ काँस्य पदक लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ ।
लुम्बिनी प्रदेशले १ स्वर्ण, ४ रजत र ८ काँस्य पदक हाँसिल गरेको छ । प्रदेश १ ले २ स्वर्ण, ३ रजत र ३ काँस्य पदक जितेको छ । विभागीय टिम एपीएफ पदक तालिकामा १ स्वर्ण, २ रजत र ३ काँस्य पदक बनाएको छ ।
कर्णाली प्रदेशले २ रजत र २ काँस्य जित्दा विभागीय टिम नेपाल पुलिसले ३ काँस्य पदक हात पारेको छ । मधेश र सुदुरपश्चिम प्रदेशले अहिलेसम्म कुनैपनि पदक जित्न सकेको छैन ।