पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, ज्यरानी थारु र निर्मला थापा सम्मलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मलित गण्डकीले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जितेका छन् ।
जनी दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजाल अमात्य सम्मलित बागमतीले ५२.७६ सेकेन्डसहित कास्य जितेका छन् ।
पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्र बहादुर पुलामी सम्मलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
जीवन चौधरी, बिबेक थारु, युबराज बिक, डिल्ली भण्डारी सम्मलित आर्मीले ४२.६० सेकेन्डसहित रजत जित्दा सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मलित लुम्बिनी प्रदेशले ४४.३८ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन् ।