पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत विधामा पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनल पुगेका छन् ।
नेपालको नं १ बरियताका टेनिस खेलाडी खड्काले आज एपिएफका सन्तोष खत्रीलाई ६–१,६–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
त्यसैगरी एनआरएनका हाडाले सेनाका प्रनभ खनालमाथि ६–३,६–० सेटको जित निकाले । सेनाका खनाल नेपालको दोस्रो बरियताका खेलाडी हुन् ।
यसैगरी महिला एकलतर्फ नेपालको पहिलो बरियता खेलाडी अविलाशा विष्टले ६–०,६–१ को सेटमा बागमतीका रायना शाहलाई पराजित गरी फाइनलको यात्रा तय गरे । यसैगरी सेनाका इरा रावतले बागमतीका प्रकृति श्रेष्ठलाई ६–२,७–५ को सेटमा पराजित गरी फाइनलमा अविलाशासँगको भेट पक्का गरेका छन् ।
पुरुषडबल्सतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल शाहीको जोडीले बागमतीका निशान श्रेष्ठ र प्रितम परियारको जोडीलाई ४–६, ,६–० र १०–५ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।
दोस्रो खेलमा सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीले गण्डकीका आशिष खड्का र सौगात विकको जोडीलाई ७–२, ,२–६ र १०–७ को सेटमा पराजित गरे ।
मिक्सडबल्सतर्फ सेनाका प्रनभ र अविलाशाको जोडी फाइनल पुगेका छन् । उनिहरुले गण्डकीका अनिल र प्रिति बरालको जोडीमाथि ६–०,६–१ सेटको जित निकाले ।