पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला म्याराथनतर्फको दौडमा धाविका पुष्पा भण्डारी घाइते भएकी छन् ।
म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार पुष्पा खुट्टामा चोट लागेर घाइते भएकी हुन् ।
करिब २० किलोमिटर दुरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो ।
उनलाई पोखरास्थित अन्नपुर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले पलास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
पुष्पाले १३ औं सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितेकी थिइन ।
उनी महिला म्याराथन तर्फ साग अन्तराष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् ।
एपीएफ कल्बमा आवद्व पुस्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भएपनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिएकी छन् ।