आइतबार, २१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : टेनिस महिला डबल्सतर्फ बागमती र आर्मी फाइनलमा

सोमबार, ३१ आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : टेनिस महिला डबल्सतर्फ बागमती र आर्मी फाइनलमा
Loading ad...
mustang rice ad

पोखरा ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको महिला डबल्सतर्फ बागमती प्रदेशको प्रकृति र रायनाको जोडीले सेनाको इशा र सुभांगीको जोडीलाई ६–३,६–४ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

त्यसैगरी  सेनाका अविलाशा विष्ट र इरा एमआरको जोडीले ६–३,६–३ को सेटमा एपिएफका सुनिरा र सर्भानीको जोडीमाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको नेपाल क्रिकेट संघका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिनुभयो ।

मिक्स डबल्सतर्फ पुलिसका आर्यन र आइशा डिजीको जोडीले सेनाका गोविन्द र इशाको  जोडीलाई ६–३,६–२ सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ ।  यसैगरी  सेनाको प्रनभ र अविलाशाको जोडीले एपिएफका सन्तोष र सर्भानीको जोडीलाई ६–३,६–२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

पुरुष एकल विधामा नेपालका पहिलो र दोस्रो बरियताका दुबै खेलाडीले सेमिफाइनलको यात्रा गर्नुभएको छ ।

पोखरा रंगशालाको टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा नेपालको पहिलो बरियताका खेलाडी गण्डकी प्रदेशका प्रदीप खड्काले नेपाली सेनाका अकी जुवेन रावतलाई ६–४,६–० को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभएको हो ।

त्यसैगरी दोस्रो बरियताका खेलाडी सेनाका प्रनभ खनालले बागमी प्रदेशका निशान श्रेष्ठलाई ६–४,६–२ को सेटमा पराजित गर्नुभयो ।

पुरुष एकलतर्फको प्रतिस्पर्धामा एपीएफका सन्तोष खत्री र एनआरएनका आरभ हाडा विजयी हुँदै सेमिफाइनमा प्रवेश गर्नुभयो । उहाँहरुले क्रमश ःपुलिसका प्रनभ मानन्धर र लुम्बिनीका रितिक लामामाथि जित हासिल गर्नुभयो ।

महिलाएकलतर्फ नेपालको पहिलो बरियताका खेलाडी अभिलाशा विष्ट सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । उहाँले एपिएफका सुनिरा थापालाई ६–२,६–१ को सेटमा पराजित गर्नुभयो ।

त्यसैगरी महिलाएकलतर्फ बागमतीका रायना शाहले पुलिसका प्रशंसा मोक्तान, बागमतीका प्रकृति श्रेष्ठले एपिएफका आइसा डोकर र सेनाका इरा रावतले एपिएफका सर्भानी श्रेष्ठलाई पराजित गरी अन्तिम चारमा स्थान पक्का गर्नूभएको छ ।

पुरुषडबल्सतर्फ गण्डकी प्रदेशको दुई टोली सेमिफाइनल पुगेको छ । प्रदीप खड्का र अनिल शाहीको जोडीले लुम्बिनी प्रदेशका रितिक र सक्षम विएसको जोडीलाई पराजित गदैै सेमिफाइनल पुग्दा गण्डकीकै आशिष कार्की र सौगात विकेको जोडीले प्रहरीका प्रनभ मानन्धर र आर्यन गिरीको जोडीलाई पराजित गरी सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

त्यसैगरी सेनाका प्रनभ कार्की र अकी रावतको जोडी तथा बागमतीका निशान र प्रितमको जोडीले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय : टेनिस महिला डबल्सतर्फ बागमती र आर्मी फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
xTreme Energy Drink
मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !