पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्य बहादुर खत्रीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।
बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक जिते ।
नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक हात पारे ।
महिलातर्फ आर्मीकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितेकी थिइन् ।