काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराते खेलका लागि रेफ्रि विश्व कराते महासंघको खेलको परिवर्तित नियम अपडेट भएका रेफ्रीहरूलाई पाखा लगाईएको आरोप लागेको छ ।
नेपाल कराते महासंघ र रेफ्री काउन्सिलले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो ।
नवौं अन्तर्गत कराते २८ असोज देखि कार्तिकको ३ गतेसम्म संचालन हुनेछ ।
पर्वत कुस्मामा आयोजना हुने प्रतियोगिताका लागि नवौं राष्ट्रिय प्रतियोगिता सचिवालयको प्राविधिक उपसमितिले अन्तराष्ट्रिय रेफ्रि ३५ जना, राष्ट्रिय रेफ्रि ३० र अन्य स्थानिय २५ जना गरी जम्मा ९० जना संख्यामा छुट्याएको थियो ।