पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकीले तेस्रो जित निकालेको छ।
प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज बुधबार भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।
लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा बागमतीले जित निकालेको छ। जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ । मधेसकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन् ।