काठमाडौं । भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् ।
धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
विश्वकै अन्य प्रतिष्ठित बोस्टन म्याराथन र बर्लिन म्याराथन दौडिसकेका धर्म पहिलो पटक लन्डन म्याराथनमा सहभागी हुन लागेका हुन् । उनले ४५ वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
घरेलु म्याराथनमा उनको उत्कृष्ट टाइमिङ २ घण्टा ३५ मिनेट रहेका छ भने अन्तर्राष्ट्रिय म्याराथनमा उनको उत्कृष्ट प्रदर्शन २ घण्टा ४७ मिनेट हो । बर्लिन म्याराथनको टाइमिङका आधारमा लन्डन म्याराथनका लागि छनोट भएको धर्मले जनाएका छन् ।
धर्म एसियाली मास्टर्स एथलेटिकसको १० हजार मिटर दौडका कांस्य विजेता हुन् ।