शनिबार, २३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो

शनिबार, ०८ आश्विन २०७९खेलपाटी संवाददाता
डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो
Loading ad...
mustang rice ad

काठमाडौं ।  वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले शनिबार काँडाघारीमा सम्पन्न ‘छैटौं उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडमा तेस्रो पुरस्कार जितेका छन् ।

उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिस्पर्धी समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा तेस्रो भएका हुन् । उनले आफ्ना उमेर समूहका २७ प्रतिस्पर्धीलाई उछिनेर तेस्रो भई पदक, ट्रफि र प्रमाणपत्र पाए ।

विजेता डा.कोइरालालाई गल्फ खेलका गुरु घनश्याम थापा, दौड कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी विष्णु कार्कीले पुरस्कार वितरण गरेका थिए भने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले फूलको विरुवा सहितको गमला उपहार प्रदान गरीन् ।

आफैं वरिष्ठ मुटुरोग विशेषज्ञ रहेका डा.कोइरालालाई ह्याम्स अस्पतालले प्रदान गरेको ८ हजार रुपैयाँ बराबरको मुटुरोग परिक्षण प्याकेज पनि पुरस्कार पाए ।

सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भएका थिए । सोही समूहको महिलातर्फ मीनाकुमारी मगर पहिलो, सावित्रा रायमाझि दोस्रो र कल्पनाआचार्य तेस्रो भईन् ।

यसैगरि १८ वर्ष उमेर माथिको खुल्ला समूह विधामा महिलातर्फ स्वस्तिक तिरुवा पहिलो, सुनिता तामाङ दोस्रो र आभ्या केसी पहिलो भईन् भने पुरुषतर्फ दिनेश खड्का पहिलो, निरज भट्ट दोस्रो र यामराज खत्री तेस्रो भए । यो समूहका पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार नगद प्रदान पुरस्कार पाए ।

यसैगरि युगल समूहतर्फ कविता र गोविन्द कार्कीको जोडी पहिलो, सविता र अभिषेक उपाध्यायको जोडी दोस्रो तथा प्रकाश र चुना कटुवालको जोडी तेस्रो भयो ।

अभिभावक विधाको महिलातर्फ ज्योति कार्की पहिलो, निमालामा दोस्रो र सविना केसी तेस्रो भइन् भने पुरुषतर्फ सुनिलकार्की पहिलो, राजेन्द्र न्यौपाने दोस्रो र प्रधुम्न केसी तेस्रो भएकाथिए ।

१८ वर्ष भन्दा माथिको उमेर समूहका विजेता बाहेक अन्य विजयीहरुलाई पोखरा र चितवनको विभिन्न होटेलमा खाने बस्ने सुविधासहितको पुरस्कार र विभिन्न अस्पतालको निशुल्क स्वास्थ्यजाँच पुरस्कार पनिपाए ।

विभिन्न ७ विधामा आयोजित सो दौडका विजयीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा तथा ७ नं वडाध्यक्ष भिमसेन थापा, ९ का अध्यक्ष अनिल थापा, सल्लाहकार सुष्मा पोखरेल, डा.ध्रुव खड्कालगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगिताका सहभागीरुलाई विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, भाइस प्रिन्सिपल सगुन प्रधान जोशीले पदक वितरण गरेका थिए।

सहभागिता शुल्क वापत संकलित सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।

Loading ad...
LiNing Ad
डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने