पोखरा । गण्डकी जुडो संघले प्रदेशबाट छनौटमा पर्न सफल आफ्ना खेलाडीहरुलाई अति आवश्यक पर्ने प्रोटिनको साथै पर्शनल हाइजिङका सामाग्रीहरु वितरण गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु वितरण गरेको हो ।
विशेषगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गर्दा संघले क्लोज क्याम्पमा रहेका १८ जना आफ्ना खेलाडीहरुलाई तालिमको दौरान आवश्यक पर्ने प्रोटिनको साथै पर्सनल हाइजिङका सामाग्रीहरु वितरण गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङको प्रमुख आतित्यथामा भएको सो कार्यक्रममा उनले आफ्नो विगतलाई स्मरण गर्दै ४० वर्ष अगाडी आफु पनि खेलाडीको रुपमा रहेको र कडा मेहेनेत, लगनशिल, अनुशासित, कर्मठ र संघर्षले गर्दा नै आज प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको सदस्य सचिव जस्तो संवेदनशिल, महत्वपूर्ण र जिम्मेवार पदमा रहेर कार्य सम्पादन गर्न सफल भएको बताए ।
प्रमुख अतिथि गुरुङले खेलकुद जीवनको एकअभिन्न अंग भएको बताउँदै विगतमा आफुले खेलकुदको क्षेत्रमा गरेको संघर्ष र परिश्रमको कारण नै आज विभिन्न खेलका खेलाडीहरुसँग बसेर खेलकुदको महत्वकोबारेमा जानकारी दिन पाउँदा अत्यन्त गर्व महशुस भएको बताए।
गण्डकी जुडो संघले रुद्र नारायण मल्ल जस्तो व्यक्ति अध्यक्षको रुपमा पाउनुभनेको जुडो खेलाडीहरुको लागि अति राम्रो भएको बताउँदै उनको अध्यक्षतामा गठन भएका सम्पूर्ण पदाधिकारीहरु पनि यस खेल विकासका लागि संवेदनशिल भएर लागि परेको बेला–बेलामा देख्न र सुन्न पाउँदा धेरै खुशी लागेको जानकारी दिए ।