मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

उज्ज्वल तारा दौडका विजेतालाई पोखराको प्याकेज 

बुधबार, ०५ आश्विन २०७९खेलपाटी संवाददाता
उज्ज्वल तारा दौडका विजेतालाई पोखराको प्याकेज 
Classic Tech Internet Ad

काठमाडौं ।   उज्ज्वल तारा स्कुल काँडाघारीले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का विजयीहरुलाई यसपालि नगदको साथै पोखराको पाँच तारे होटेलमा खानेबस्ने सुविधासहितको पुरस्कार दिने घोषणा गरेको छ ।

हरेक वर्ष वडादशैंको घटस्थापना अघिको शनिबार आयोजना गरिदैं आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’ कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सो स्कुलबाट शुरु भई ५ किलोमिटर दौड हुँदै आएको छ । ७ वटा विधा रहेको यो वर्षको दौड यही असोज ८ गते शनिबार बिहान सञ्चालन हुँदैछ ।

‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी (कर्णेल)विष्णु कार्कीका अनुसार १८ वर्ष उमेरमाथि समूहको महिला र पुरुष खुल्ला विधातर्फका विजयीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदको साथै ट्रफि, पदक र प्रमाणपत्र पुरस्कार दिइनेछ ।

यसैगरि अभिभावक विधातर्फको दौडका विजयी महिला तथा पुरुषलाई पोखराको क्राउन हिमालय होटेलमा २ रात खानेबस्ने सुविधासहितको पुरस्कार व्यवस्था गरिएको छ भने श्रीमान र श्रीमती विधातर्फ दौडमा विजयी हुनेलाई पोखराको पाँचतारे ग्राण्डी होटलमा एकरात खानेबस्नेको साथै दुवैजनालाई आउन जाने दुईतर्फि हवाई टिकटको व्यवस्था गरिएको संयोजक कार्कीले बताए ।

यसैगरि ५५ वर्षमाथिको उमेर समूहका विजयी पुरुष धावक (२जना) लाई पोखराकै ग्राण्डी होटेलमा एकरात बस्नेखाने व्यवस्था तथा विजयी महिला धावक (२ जना) लाई पोखराकै सहारा होटेलमा २ रात खानेबस्ने सुविधासहितको पुरस्कार व्यवस्था गरिएको छ ।

दौडको तयारीबारे बुधबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा दौडका संयोजक कार्कीले दौडमा सहभागी, सुरक्षा र दौडका सहभागीहरुलाई उपलव्ध गराइने सामग्रीका बारेमा जानकारी गराएका थिए ।

दौडमा सहभागी हुने सबै प्रतियोगिहरुले सहभागिता वापतको जनही तीनसय रुपैयाँ उज्जवल तारा स्कुलको खातामा जम्मा गर्नुपर्ने व्यवस्था मिलाइएकोसंयोजक कार्कीले जानकारी गराए । उनका अनुसार दौडमा सहभागी हुन हालसम्म २०० जनाले आफ्नो नाम लेखाईसकेका छन् ।

सहभागिता शुल्क वापत उठेको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।

विद्यालयमा बुधबार आयोजना गरिएको कार्यक्रममा प्रहरी प्रभाग काँडाघारीका प्रहरी अधिकारी, दौडका प्रायोजकहरु, ट्राफिक प्रहरीका साथै दौडमा खटिने स्वयम्सेवकहरुको सहभागिता थियो ।

 

Bajaj Pulsar Motorcycle Ad
उज्ज्वल तारा दौडका विजेतालाई पोखराको प्याकेज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने