इटहरी । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खृलकुद प्रतियोगिताको लागि जुडोतर्फको प्रदेश एक छनौट मंगलबार सम्पन्न भएको छ ।
छनौटमा पुरुषतर्फ स्वर्ण पदकमा झापा र महिलातर्फ सोलुखुम्बुको बर्चश्व रह्यो ।
६० केजी तौल समूहमा भएको पुरुष जुडो प्रतियोगितामा ओखलढुंगाका प्रवन कुमार दियालीले स्वर्ण पदक जितेका छन् भने झापाका राम मर्दिले रजत र सोलुका पेम्वा दोर्जी शेर्पा र दोर्जी शेर्पाले कास्य पदक जितेका छन् ।
यस्तै ६६ केजी तौल समूहको खेलमा पाँचथरका उत्तम प्रद्यान श्रेष्ठले स्वर्ण पदक पाएका छन् भने इलामका सुवास तामागले रजत र मोरङ्गका प्रियान्सु घोस र झापाका दिप नारायण राजवंशीले कास्य पदक जितेका छन् ।
७३ केजी तौल समूहको प्रतियोगितामा झापाका देवेन्द्र कुमार दाहालले स्वर्ण पदक जितेका छन् भने सोलुका सोनाम छिरिङ शेर्पाले रजत र मोरङ्गका उमा शंकर यादवले कास्य पदक पाएका छन् ।
यस्तै ८१ केजी माथिको प्रतिस्पर्धामा मोरङका राजबहादुर बोलन प्रथम भएका छन् ।
यसैगरी ९० केजी तौल समूहको खेलमा झापाका मंगलु मेचेले स्वर्ण, सुनसरीका गणेश खत्रीले रजत र मोरङका पियुष ठकुरीले कास्य पदक जितेका छन् भने कास्यमा मोरङकै प्रशास्त शाह समेत छन् ।
यता १ सय केजी तौल समूहमा भएको प्रतियोगितामा झापाका निश्चल राईले स्वर्ण पाएका छन् भने सय केजी प्लसमा झापाकै प्रेम गुरुङले स्वर्ण र ओखलढुंगाका राहुल भुजेलले रजत जितेका छन् ।
यसैगरी महिलातर्फ भएको छनौट प्रतियोगितामा ४८ केजी तौल समूहमा ओखलढुंगाकी सकुन सुनुवारले स्वर्ण पदक पाएकी छन् । यस्तै सुनसरीकी रिस्ता राईले रजत र झापाका झरना श्रेष्ठ र भावना भण्डारीले कास्य पदक पाएका छन् । यता ५२ केजी तौल समूहमा सोलुकी प्रितीमाया तामाङ्गले स्वर्ण पदक जितेकी छन् भने झापाकी तुलसी देवी नेवारले रजत र मोरङकी लिलामाया खड्काले र झापाकी अर्जु लिम्बुले कास्य पदक जितेका छन् ।
यता ५७ केजी तौल समूहमा सोलुकी पेमा यान्जि शेपाले स्वर्ण, झापाकी अनिता मण्डलले रजत र सुनसरीका आस्था राईले कास्य पदक जितेका छन् । यस्तै गरी ६३ केजी तौल समूहमा सोलुकी बन्दना राईले स्वर्ण पाएकी छन् भने झापाकी इशा कार्कीले रजत र इलामका विनिता आछामे र प्रमिला तामाङले कास्य पदक जितेका छन् ।
७० केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सुनसरीकी समन्ता राईले स्वर्ण जितिन भने झापाकी रिना धिमालले कास्य जित्न सफल भइन । यस्तै ७८ केजी तौल समूहमा सुनसरीका दिव्या लिम्बुले स्वर्ण र झापाकी रिना धिमालले कास्य पदक पाएका छन् यता ७८ केजी प्लस तर्फ सुनसरीकै दिपिका अचाजुले स्वर्ण पदक जितेकी छन् भने झापाकी मनिषा भारती गिरीले रजत र मोरङकी गोमा राईले कास्य पदक जितेका छन् ।
यस्तै एक्ट्रा खेलाडीमा ७३ केजी तौल समूहबाट सोनाम छिरिङ शेर्पा सय केजीतर्फ राहुल भुजेल र ४८ केजीतर्फ रिस्ता राई परेका छन् ।
पदक पाउने खेलाडीहरुलाई मंगलबार आयोजित समापन कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य र प्रदेश नम्बर एक खेलकुद विकास बोर्डकी सदस्य रोशनी राईले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।