इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटका लागि भएको फुलकन्ट्याक्टतर्फ प्रदेश एक स्तरीय प्रतियोगिताबाट ओखलढुंगा र पाँचथरलाई तीन तीन स्वर्ण पदक मिलेको छ । सोलुखुम्बुलाई २ स्वर्ण पदक मिलेको छ ।
स्वर्ण पदक पाउने खेलाडीहरुमा पुरुषतर्फ ४० केजी तौल समूहबाट मोरङका सुलभ पासवान छन् । यस्तै ४५ केजी तौल समूहमा सोलुखुम्बुका पार्थक कोइरालाले स्वर्ण पदक पाएका छन् भने ५० केजी केजी तौल समूहमा ओखलढुंगाका किरण राई, ५५ केजी तौल समूहमा ओखलढुंगाकै मनिष कार्की र ६० केजी तौल समूहमा पनि ओखलढुंगाकै महेन्द्र गजमेरले स्वर्ण पदक जितेका छन् । यता ६५ केजी तौल समूहमा सोलुखुम्बुका गौरव आचार्य छन् भने खुल्लातर्फ मोरङका प्रकाश विश्वकर्माले स्वर्ण पदक जितेका छन् ।
यसैगरी महिलातर्फको ४० केजी तौल समूहमा पाँचथरकी सृष्टि आङदेम्बेले स्वर्ण जितेकी छन् भने ४५ केजी तौल समूहमा सोलुखुम्बुकी रुपा मगरले स्वर्ण पदक जितेकी छन् । यता ५० केजी तौल समूहमा भएको प्रतियोगितामा पाँचथरकी बिना तुम्बापोले स्वर्ण लगेकी छन् भने ५५ केजी तौल समूहमा पाँचथरकै इच्छा माङलाङ लिम्बुले स्वर्ण पदक पाएकि छन् । यता खुल्लातर्फ भोजपुरकी सुजिता राईले स्वर्ण पदक लिँदै गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन जान पाउने भएकी छन् ।
स्वर्ण पाउने १२ जनाको नाम नवौंका लागि छनौट भएको मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा खेल संयोजक श्रवण कुमार ऋषिदेवले जानकारी दिएका छन् ।