इटहरी । प्रदेश नम्बर एकको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश छनौट प्रतियोगितामा एथेलेटिक्सको १० किलोमिटर महिला दौडतर्फ भोजपुरकी छेन्विमाया राई प्रथम भएकी छन् ।
इटहरी रंगशालामा राईले दश किलोमिटर दौड ४८ मिनेट ४ सेकेण्डमा पूरा गरिन् भने ताप्लेजुङकी समपल्मु शेर्पाले दोस्रो स्थान हासिल गरेकी छन् । दश किलोमिटरतर्फको दौडमा शेर्पाले ४८ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् ।
यस्तै दश किलोमिटर तर्फकै दौडमा भोजपुरकी जुलिन राईले तेस्रो स्थान हासिल गरीन । जुलिनले ५२ मिनेट २ सेकण्डमा दौड पूरा गरिन् भने सोलुखुम्बुकी मुना राईले ५७ मिनेट ३१ सेकेण्डमा दौड पूरा गर्दै चौथो भईन् ।
यसैगरी दश किलोमिटरतर्फको पुरुष एथलेटिक्समा सुनसरीका प्रशान्त तामाङ प्रथम भए । प्रशान्तले १० किलोमिटर दौड ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरे । यसैगरी धनकुटाका गोकुल यांकिलाले ३६ मिनेट ५७ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए ।
यसैगरी भोजपुरका उमेश राईले ३७ मिनेट ४ सेकण्डमा पूरा गर्दै तेस्रो स्थानमा हासिल गरे । पुरुष दौडका चौथो स्थानमा झापामा सरोज सिंहले हात पारे ।
प्रदेश छनौटको एथलेटिक्सतर्फको छनौट खेलको अर्को चरण आगामी बुधबार हुने छनौट समितिले जनाएको छ ।