काठमाडौं । आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा दौड आयोजना हुने भएको छ ।
आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै दौड असोज ३ गते हुने जनाएको छ ।
दौड ५ किमिको हुने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए ।
संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनि म्याराथन भन्ने मुल नाराका साथ हुने दौड नेपाल एथलेटिक्स संघ, सहित स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटि) को आयोजनामा हुन लागेको हो ।
दौड त्रिपुरेश्वरबाट सुरु भई थापाथली, माईतीघर, बवरमहल हुँदै बिजुली बजार पुल एभरेष्ट होटल हुँदै सोहि स्थानमा आएर समाप्त हुनेछ ।
महिला पुरुष विजेताले २५ हजार पाउने छन् । दोस्रोले २० हजार र तेस्रोले १५ हजार पाउने छन् ।