काठमाडौं । युएस ओपनको उपाधि रक्षामा असफल भएपछि एम्मा राडुकानुले स्लोभेनिया ओपनको पहिलो खेल जितेर दोस्रो चरणमा प्रवेश गरेकी छन् ।
बेलायती नम्बर एक राडुकानु ६-२ र ५-३ ले आफ्नी प्रतिद्वन्द्वी ड्याना यास्ट्रेम्स्कालाई पराजित गरिन् ।
विश्व वरीयताको ८९ औं स्थानमा रहेकी २२ वर्षीया युक्रेनी खेलाडी ड्यानाले ३०-० ले डाउन सर्भिस गर्दा पराजय सँगसँगै हातमा चोट समेत बोकिन ।
अब राडुकानुको दोस्रो चरणको प्रतिद्वन्द्वी या त अमेरिकाकी विश्व नम्बर १२४ खेलाडी एलिजाबेथ मण्डलिक वा ९५ औं स्थानमा रहेकी जर्मनीकी एना-लेना फ्रिड्सम हुनेछिन् ।
स्लोभेनिया ओपन यूएस ओपन अघिको विश्व वरीयतामा आधारित रहेर खेलाइने गरिन्छ ।
राडुकानु विश्व वरीयतामा तल झर्दै गएकी छन भने सहकर्मी ब्रिट ह्यारिएट डार्ट युएस ओपनको दोस्रो चरणमा पुगेपछि तीन स्थान माथि उक्लिएर ८५ औं स्थानमा पुगेकी छिन्।
२६ वर्षीया डार्ट अब राडुकानुभन्दा दुई स्थान तल छिन् र बेलायतको नम्बर एकको रूपमा राडुकानुको पोजिसनलाई दबाब दिइरहेकी छन् ।