काठमाडौं । स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि जितेका छन् ।
पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर रुडलाई हराउँदै कार्लोसले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् ।
न्युरोर्कमा भएको फाइनलमा कार्लोसले कास्परमाथि ६-४,२-६,७-६ (७-१) र ६-३ को सेटमा जित निकाले ।
कार्लोसको यो पहिलो मुख्य उपाधि हो । यस्तै पहिलो पटक युएस ओपन जितेका हुन् ।
स्पेनकै राफायल नाडालपछि ग्रान्डस्लाम उपाधि जित्ने उनी सर्वाधिक युवा खेलाडी हुन् ।
महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् ।
