काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशबाट २३ खेलाडी छनोट भएका छन् ।
नेपाल बक्सिङ संघले आयोजना गरेको बागमती प्रदेश स्तरीय छनोटबाट पुरुषतर्फ १३ र महिलातर्फ १० गरि २३ खेलाडी छनोट गरिएको हो ।
पुरुषतर्फ ४८ केजीमा रविन थापा, ५१ केजीमा लाल प्रसाद उप्रेती, ५४ केजीमा मदन कृष्ण डंगोल, ५७ केजीमा सुरज महर्जन, ६० केजी सुलभ माली, ६३.५ केजीमा मौसम रानामगर, ६७ केजीमा अमन श्रेष्ठ, ७१ केजीमा प्रमोद राई, ७५ केजीमा विनिस राई, ८० केजीमा मोहन तामाङ, ८६ केजीमा सुजन बोहोरा, ९२ केजीमा साहिल महर्जन र ९२ केजी माथि उज्जवल बस्नेत छनोट भए ।
महिलातर्फ ४६ देखि ४८ केजीमा सुष्मा तामाङ, ५० केजीमा अस्मिता दुवाल, ५२ केजीमा विविसा श्रेष्ठ, ५४ केजीमा पेमा श्रेष्ठ, ५७ केजीमा हेमा राई , ६० केजीमा डेचेन शेर्पा ,६३ केजीमा जेविका थापा ,६६ केजीमा स्मृती श्रेष्ठ , ६९ केजीमा कबुना श्रेष्ठ र ७५ केजीमा निस्मा गुरुङ छनोट भए ।
छनोट अन्तर्गत मंगलबार भएको फाईनल खेलमा महिला ५० केजीमा भक्तपुरका अस्मिता दुवालले काभ्रेकी प्रतिष्ठा अर्याललाई ३-२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।
पुरुष ४८ केजी तौल समूह काठमाडौंका रविन थापाले काभ्रेका लक्ष्मण राईलाई युनानिमस डिसिजन ५-० को आधारमा पराजित गरे । ५४ तौल समुहमा काठमाडौंका मदनकृष्ण डंगोलले मकवानपुरका सुदेस मानन्धरलाई ४-१ को स्पिलिट डिसिजनको आधारमा पराजित गरेका थिए ।
पुरुष ६० किलो तौलमा काठमाडौंका सुलभ मालीले काठमाडौंकै मार्शल गुरुङलाई पराजित गरेका थिए । पुरुष ६३.५ किलो तौलमा रसुवाका मौसम रानामगरले काठमाडौंका मनिष श्रेष्ठलाई ५-० अंकको आधारमा पराजित गरे ।
पुरुष ६७ किलो तौलमा मकवानपुरका अमन श्रेष्ठले काठमाडौंका प्रशान्त तामाङलाई पराजित गरे । ७१ किलो तौलमा काठमाडौंका प्रमोद राईले काठमाडौंकै कलिम खानलाई ५-०को आधारमा पराजित गरे । पुरुष ७५ किलो तौलमा काभ्रेका विनिश राईले रामेछापका मनोज तामाङलाई युनानिमस डिसिजनको आधारमा पराजित गरे ।
९२ किलो तौलमा काठमाडौंका शाहिल महर्जनले चितवनका विभान गुरुङलाई वाक ओभर दिए
९२ माथि तौलमा काभ्रेका उज्जवलले ललितपुरका आसुतोस भण्डारीलाई एबीडीका आधारमा पराजित गरे ।