काठमाडौं । नेपालमा आयोजना हुने तीन म्याराथन काठमाडौं म्याराथन, पोखरा म्याराथन र नेपालगञ्ज म्याराथनको रुट नापी हुने भएको छ ।
तीन वटै म्याराथनको नापीका लागि एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टान्स रनिङ (एआईएमएस) का टोली नेपाल आएका छन् ।
एआईएमएसका कोर्सका मापनकर्ता अमिर शान्दीवान नेपाल आएका हुन् ।
उनले बुधबार राति त्रिपुरेश्वरबाट सुरु हुँदै काठमाडौं , ललितपुर, भक्तपुर र ठिमीको बाटो हुँदै त्रिपुरेश्वर दशरथ रंगशालामा सम्पन्न हुने काठमाडौं म्याराथनको रुट नापी गरेका थिए ।
अमिरले शुक्रबार पोखरा म्याराथनको रुप नापी गर्ने छन् । पोखरापछि उनले नेपालगंज पुगेर नेपालगंज म्याराथनको रुट नापी गर्ने छन् ।
काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्र राज श्रेष्ठको संयोजकत्वमा उनी नेपाल आएका हुन् ।
तीन वटै म्याराथनको नापी सकेपछि रिपोर्ट एआईएमएसलाई पठाईने छ । एआईएमएसले प्रमाणपत्र प्रदान गरेपछि नेपालमा दुरी नपुगेको भन्ने विवाद अन्त्य हुनेछ ।
यस्तै तीन वटै म्याराथन अन्तराष्ट्रिय मापदण्ड अनुसार हुनेछ ।