काठमाडौं । कीर्तिमानी जमैकन धावक युसेन बोल्टले जितपछि गर्दै आएका 'सेलिब्रेसन पोज' ट्रेडमार्कको रुपमा दर्ता गरेका छन् ।
बोल्टले आफ्नो सिग्नेचर पोजलाई अमेरिकामा ट्रेडमार्कको रुपमा दर्ता गराएका हुन् ।
बोल्टले गत हप्ता ट्रेडमार्कका लागि आवेदन दिएका थिए ।
धावक बोल्टले व्यवसायिक प्रायोजनका लागि पोजलाई ट्रेडमार्कको रुपमा दर्ता गराएका हुन् ।
बोल्टले २०१७ मा ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए ।
इंग्ल्यान्डमा भएको विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् ।
बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।