काठमाडौं । अन्तराष्ट्रिय मुवा थाई विजेता गुणराज रुचालले कम्बोडियाको नोम पेन्हमा आयोजना हुने प्रोफेसनल फाइटमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
भदौ ४ गते आयोजना हुने फाइटमा रुचालले कम्बोडियाका खेलाडी थुन ईङ्गलेसँग प्रतिस्पर्धा गर्ने छन् । रुचालले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् । रुचालको प्रशिक्षकमा विजय लामा रहेका छन् ।
प्रतिस्पर्धाका लागि रुचाल बुधबार थाइल्याण्ड प्रस्थान गर्ने छन् ।
रुचालले थाइल्याण्डको टप फाईट मुवा थाई जिममा १ हप्ता प्रशिक्षण लिने कार्यक्रम रहेको छ । एक हप्ताको प्रशिक्षण पश्चात रुचाल ४ गते हुने प्रतिस्पर्धाका लागि कम्बोडिया प्रस्थान गर्ने छन् ।
रुचाललाई मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाइ गरे ।
कार्यक्रममा नेपाल मुवा थाई संघका केन्द्रिय अध्यक्ष गणेश कक्षपती लगायतको उपस्थिती रहेको थियो ।