शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. अरहान्त र कृष्णा च्याम्पियन

अरहान्त र कृष्णा च्याम्पियन

२०२२ अगस्ट ६, शनिबारखेलपाटी संवाददाता

अरहान्त र कृष्णा च्याम्पियन

काठमाडौं । चौथों संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जितेका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापा मगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि हात पारेका हुन् ।

पुरुष खुल्लामा अरहान्तले अमृतलाई ३–० को सेटमा हराए । उनले अमृतमाथि ११–४, ११–७ र ११–६ को स्कोरमा जित निकाले ।

अरहान्तले लगातार चौंथो पटक उपाधि जितेका हुन् ।  उपाधि सहित उनले २५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएका अमृतले १५ हजारमा चित्त बुझाए ।

पुरुष खुल्लातर्फ अमिर ब्लोन र दीपक थापा तेस्रो भए । उनीहरुले ९/९ हजार प्राप्त गरे ।

महिला खुल्लामा कृष्णाले विपनालाई ३–० को सेटमा हराईन् । उनले विपनालाई ११–७, ११–७ र ११–७ को स्कोरमा पराजित गरिन् । उपाधि सहित कृष्णाले १८ हजार र दोस्रो बनेकी विपनाले ११ हजार रुपैयाँ प्राप्त गरिन् । 

महिलातर्फ भावना सुनुवार र स्वस्थानी श्रेष्ठ तेस्रो भईन् । उनीहरुले ७/७  हजार प्राप्त गरे ।

जुनियर ओपन ब्वाइजको उपाधि विकाश मगरले जिते । उनले गोपाल थापालाई ८–११, ११–२, ११–९ र ११–८ को स्कोरमा हराए । विजेता विकाशले १० हजार र उपविजेता गोपालले ६ हजार रुपैयाँ प्राप्त गरे ।

तेस्रो भएका पासाङ लामा र सलिम थापामगरले ४/४ हजार प्राप्त गरे ।

५० वर्षमाथिको भेट्रान्समा सुदीपबहादुर सिंहले प्रज्वल प्रकाश प्रधानलाई हराएर च्याम्पियन बने । उनले प्रज्वलमाथि ११–५, ११–१३, ११–७ र ११–६ को स्कोरमा जित निकाले । दिलिप अधिकारी र धिर बहादुर पुन तेस्रो भए ।

मेन्स प्लेटमा प्रयाग जोशीले राज महर्जनलाई ११–७, १२–१० र १४–१२ को स्कोरमा हराउँदै उपाधि हात पारे । कमल शाक्य र जुनिल शाक्य तेस्रो भए ।

विजेता खेलाडीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन, नेपाल ओलम्पिक कमिटिकी महासचिव निलेन्द्र राज श्रेष्ठ,नेपाल स्क्वास रयाकेट्स संघका अध्यक्ष किशोर महर्जन र नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य लगायतले पुरस्कृत गरेका थिए ।

कार्यक्रममा स्क्वास संघले पर्यटन मन्त्री श्रेष्ठ, ललितपुरका मेयर महर्जन र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङलाई सम्मान गरिएको थियो ।

धनलक्ष्मी महर्जन फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५  विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा १ सय बढी खेलाडीको सहभागिता रहेको थियो ।

#अरहान्त र कृष्णा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए