काठमाडौं । पूर्व फेदरवेट विश्व च्याम्पियन अष्ट्रेलियन बक्सर जोनी फेमेचोनको निधन भएको छ ।
जोनीको ७७ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९६९ मा लन्डनको अल्बर्ट हलमा क्युबाली जोसे लेग्रालाई अंकमा हराएर जोनी विश्व च्याम्पियन बनेका थिए ।
जोनीले १९७० मा मेक्सिकन भिसेन्टे साल्दिभरसँग हार्नु अघि जापानको फाइटिङ हाराडाविरुद्ध दुई पटक उपाधि रक्षा गरेका थिए ।
जोनीले ६७ फाइटमा ५६ फाइट जितेका थिए । जसमा २० नकआउट र ५ हार छ ।
उनी २००२ मा अष्ट्रेलियाको राष्ट्रिय बक्सिङ हल अफ फेममा समावेश भएका थिए ।