टाइसनलाई लाग्छ, ‘मृत्यु नजिक छ’

काठमाडौं । बक्सिङ लेजेन्ड माइक टाइसनलाई लाग्छ, मृत्यु उनको नजिक नजिक आइरहेको छ ।
पूर्व हेभिवेट च्याम्पियन ५६ वर्षीय टाइसनले एउटा पोडकास्टमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ‘एक्सपायर डेट’ नजिक आइरहेको बताएका हुन् ।
टाइसन भन्छन्, ‘हामी सबैलाई एक दिन मर्नु नै छ । अहिले जति बेला म आफूलाई ऐनामा हेर्छुं, अनुहारमा केही दाग देख्छुं, मलाई लाग्छ, यसले मृत्यु नजिक आइरहेको संकेत गर्छ ।’
उनले आफूले एक समय कमाएको करौडौं डलर, अनि त्यसै उडाएका यिनै करोडौं डलरबारे पनि बोलेका छन् । उनलाई लाग्छ, धन सम्पतिले सुख दिने भन्ने हुन्न । न त यसले सुरक्षा नै प्रदान गर्छ ।
टाइसनले भनेका छन्, ‘मेरो लागि पैसा अब केही केही पनि होइन् । केही पनि लाग्दैन् । म सधैं भन्छुं, पैसाले कसैलाई कहिले पनि खुसी बनाउन सक्दैन् ।
टाइसनको तर्क छ, ‘जति बेला कोही कसैसँगै धेरै पैसा हुन्छ, उसलाई कसैले पनि माया गर्दैन् । यदी कोहीसँग अरबौं डलर छ भने उसलाई कसैले कसरी माया गर्छुं भन्न सक्छ ? पैसाले सुरक्षा पनि दिंदैन् । मलाई लाग्छ, पैसाले केही पनि गर्न सक्दैन् । धरै पैसा हुँदा कसैले आफू अदृष्य हुन सक्ने कल्पना गर्न सक्छ, तर हुने त्यस्तो केही पनि होइन् ।’
–मार्काको सहयोगमा ।